ग्रीन भेन्चर्सको ‘लक इन’ अवधि चैत २० गते सकिँदै

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट गरिएको सेयरको ‘लक इन’ अवधि चैत २० गते समाप्त हुने भएको छ।

लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले सर्वसाधारणलाई २०७८ चैत २० गते सेयर बाँडफाँट गरेको थियो ।

उक्त मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ ।

कम्पनीको २ करोड ५० लाख कित्ता संस्थापक सेयर, ३१ लाख २३ हजार २०० कित्ता स्थानीयको सेयर र ९३ हजार ७५० कित्ता कर्मचारीको सेयर लक इन रहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *