पाकिस्तान । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलहरूसँगको गोली हानाहानमा छ जना आतंककारी मारिएको सेनाले जनाएको छ ।
पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)ले सुरक्षा बलहरूले प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा आतंककारीहरूको उपस्थितिको सूचनामा गुप्तचरमा आधारित अपरेशन सञ्चालन गरेको एक विज्ञप्तिमार्फत जनाएको छ ।
आईएसपीआरले यस क्षेत्रमा फेला परेका अन्य आतंकवादीहरूलाई हटाउनको लागि उन्मूलन अपरेशन सञ्चालन भइरहेको बताएको छ ।







