नेपाल लाइफद्वारा ‘छुट्ला है छुट’ योजना सार्वजनिक

काठमाडाैँ ।  नेपाल लाइफ इन्स्योरेन्स  बिमा कम्पनीले ‘छुट्ला है, छुट’ योजना सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत यस कम्पनीका बीमितले भुक्तानी गर्नुपर्ने नवीकरण बिमाशुल्क भुक्तानी नगरि १८० दिनभन्दा माथि व्यतित भएका बिमालेखमा  फागुन १५ देखि ०८२ जेठ १३ गतेसम्म नवीकरण बिमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बिमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ।

 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी २५ औं वर्षमा प्रवेश गर्दै गरेको अवसरमा यो आकर्षक योजना सार्वजनिक गरिएको जानकारी दिए।

उनले बीमितको हितलाई मध्यनजर गर्दै यो विशेष योजना एक पटकको लागि सार्वजनिक गरिएको र व्यतित भएका बीमालेखहरु समयमा नै नविकरण बीमाशुल्क भुक्तानी गरी बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुटको लाभ उठाउन आग्रह गरेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *