सिमकोट। सिटिजन्स बैंक इन्टरनेसनलको सिमकोट शाखाले दुर्गमको एउटा विद्यालयलाई खेल तथा स्टेसनरी सहयोग गरेको छ। बैंकले बर्सेनी गर्दै आएको सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई सहयोग गरेको हो।
यस वर्षको सहयोग खार्पुनाथ गाउँपालिका– ४ को चन्द्रनाथ आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी सहयोग गरिएको बैंकको सिमकोट शाखाका प्रबन्धक हेमराज हमालले जानकारी दिए।
सामाजिक उत्तरदायित्वअन्तर्गत दुर्गमको विद्यालयका विद्यार्थीलाई सहयोग गरिएको होे। सहयोग गरिएका स्टेसनरीमा सोह्र दर्जन कापी, ६ दर्जन डड्पेन, आठ दर्जन सिसाकलम, एक थान भलिबल, एक थान फुटबल, स्पिकिङ डोरी दुई थान, मारकर ६ थान, डिस्नेरी एक थान, कलर एक दर्जन, कलम एक दर्जन, इरेजर एक डिब्बा, कटर एक प्याक, ज्यामिती बक्स ६ वटा र क्याल्कुलेटर एक थान गरी चौध प्रकारका छन्।
यसका लागि बैंकले २५ हजार रुपैयाँ खर्च गरेको छ। खेलकुद तथा शैक्षिक सामग्री सहयोग भएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनराज शाहीले यो सहयोगले पठनपाठनमा सहयोग पुग्ने बताए। उक्त बैंकले बर्सेनी यो सहयोग विद्यालयलाई गर्दै आएको छ।






