काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री निवासमा जारी बैठकमा अध्यादेश, संविधान संशोधन लगायतका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
सरकारले भूमि तथा सहकारीसहित ६ वटा अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभामा गत माघ १८ गते दर्ता गरेपनि दुवै सदनमा निर्णयार्थ पेस हुन सकेको छैन ।
राष्ट्रिय सभामा सत्तापक्षको बहुमत नभएपछि अध्यादेश अघि बढ्न सकेको छैन ।
Artha Sanjal






