विपिनको अवस्थाबारे यथार्थ जानकारी प्राप्त भएन : परराष्ट्रमन्त्री राणा

काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको बताएकी छन्।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औं उच्चस्तरीय सत्रमा भाग लिई स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणाले सो कुरा बताएकी हुन्

उनले विपिन जोशीको यथार्थ जानकारी प्राप्त हुन नसके पनि रिहाइका लागि भने पहल गरिरहेको बताइन्।हमासको कब्जामा नेपाली रहेको भए रिहाइका हुने आश्वासन अन्तर्राष्ट्रिय जगतबाट पाएको उनले बताइन्।

विपिन जोशीको रिहाइका लागि अधिकतम् कूटनीतिक पहल गरेको उनको भनाइ छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *