काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले विद्युतीय सवारीसाधन (ईभी)को ऋण मूल्य अनुपात सीमा घटाएको भन्दै ध्यानाकर्षण गराएको छ ।
राष्ट्र बैंकले गत मंगलबार मौद्रिक नीतिबाट ईभीमा ऋण मूल्य अनुपात सीमा ८० प्रतिशतबाट ६० मा झारेको थियो ।
‘विद्युतीय सवारीसाधन प्रयोगमा निश्चित रूपमा कमी आउने अवस्था आएको छ । सरकारको आफ्नो घोषित नीतिको पालना र विद्युतीय सवारीसाधनका हकमा व्यवसायीको लगानी सुरक्षित बनाउन यसअघिकै नीति अर्थात् ऋण मूल्य अनुपात सीमा ८० प्रतिशत नै कायम गरियोस्,’ उक्त नीतिमा असन्तुष्टि जनाउँदै नाडाले भनेको छ ।
यस्तै नाडाले पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनको ऋण मूल्य अनुपात सीमालाई ५० प्रतिशतबाट ७५ प्रतिशत पुर्याउन माग गर्दै आए पनि ६० प्रतिशत मात्रै पुगेको जनाएको छ ।






