काठमाडाैं। लाइफ इन्सुरेन्स कर्पाेरेसन (एलआइसी) नेपालले लिलामी बाँडफाँटमा नपरेको सेयरको पैसा फागुन १९ गतेदेखि फिर्ता दिने भएको छ।
यो रकम आवेदकले लिलामी आवेदन फारममा उल्लेख गरेको बैंक खातामा क्लियरिङ हाउसको कनेक्ट आईपीएसमार्फत फिर्ता प्राप्त हुनेछ।
यदि आवेदकको खातामा रकम जम्मा नभएमा, बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको कार्यालय, लेखनाथमार्ग, ठमेल, काठमाडौंमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।
एलआइसी नेपालले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ४ लाख ९२ हजार ५७७ कित्ता सेयर माघ २१ देखि फागुन ५ सम्म लिलामीमार्फत बिक्री गरेको थियो।
Artha Sanjal






