पोखराको न्युरोडमा क्यापिटल म्याक्स सेक्युरिटीजको शाखा विस्तार

पोखरा । क्यापिटल म्याक्स सेक्युरिटीज लिमिटेड (ब्रोकर नम्बर ६२) ले पोखरामा शाखा विस्तार गरेको छ । पोखरामा रहेका ग्राहकहरुलाई थप सुविधा होस् भन्ने उद्देश्यका साथ ब्रोकर नम्बर ६२ले पोखराको न्युरोडमा शाखा विस्तार गरेको हो ।

क्यापिटल म्याक्सका अध्यक्ष अतित लाल श्रेष्ठका अनुसार सेयर लगानीकर्ताको मागअनुसार पोखरामा शाखा विस्तार गरिएको हो । ‘हामीले धितोपत्र बोर्डको नियम भित्र रहेर लगानीकर्तालाई बढीभन्दा बढी सेवा सुविधा दिने उद्देश्य अनुरुप पोखरामा पहिलो शाखा खोलेका छौं,’ अध्यक्ष श्रेष्ठले भने, नेपालको पर्यटकीय राजधानी पोखराका लगानीकर्ताहरुले क्यापिटल म्याक्सबाट सेयर कारोबारका लागि सरल र सहज रुपमा सेवा सुविधा पाउनुहुनेछ भन्ने आशा गरेका छौँ ।’

काठमाडौंको कमलपोखरीमा मुख्य कार्यालय रहेको सो कम्पनीले देशका अन्य शहरहरुमा पनि छिट्टै नयाँ शाखा विस्तार गर्ने जानकारी दिएको छ । ‘हाम्रो उद्देश्य भनेको देशभरका लगानीकर्ता समक्ष क्यापिटल म्याक्सको सेवा सुविधा सहज रुपमा पुर्याउनु हो,’ उनले भने, ‘तसर्थ भोलीका दिनमा अझ परिस्कृति सेवा सुविधा लिएर लगानीकर्ता समक्ष आउने छौं ।’

विशेषगरी क्यापिटल म्याक्सले आफ्ना ग्राहकलाई सहजताको लागि अटो कोल्याटर लोड सुविधा अर्थात लगानीकर्ताले सेयर बिक्री गर्नासाथ सो रकम बराबरको लिमिट तुरुन्तै पाउन सक्नेछन भने आफुले सेयर बिक्री गर्दा कति नाफा वा घाटा भयो, ब्रोकरमा आफ्नो नेटवर्थ, लगानी रकमजस्ता विषयको जानकारी तुरुन्तै पाउने सकिने छ ।

यसैगरी कम्पनीले आफ्ना ग्राहकका लागि फ्रि मार्केट ओभरभ्यू, प्राविधिक विश्लेषण, चार्टिङ टुल्स, फण्डामेन्टल विश्लेषण टुल्स, फ्लोरसिट तथा ब्रोकर विश्लेशषजस्ता दर्जनौ सेवा सुविधा दिँदै आएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *