विपद्‌मा परेकाको हवाई उद्धार भाडा विपद् कोषबाट भुक्तानी हुने

काठमाडौं । विपद्मा परेकाहरूको हवाई उद्धारमा लागेको भाडा विपद् कोषबाट भुक्तानी हुने भएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औं बैठकले यस्तो निर्णय गरेको हो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजको बैठकले पश्चिम नेपालमा गएको भूकम्पबाट क्षति पुगेका निजी आवासको विस्तृत क्षति आकलन र पुनर्लाभ कार्यक्रमका लागि थप जनशक्ति तथा कार्यालय व्यवस्थापनका लागि आवश्यक बजेट समेत स्वीकृत गरेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *