साल्ट ट्रेडिङ्गको साधारणसभा चैत १५ गते: लाभांश पारित मुख्य एजेन्डा

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको ५८औं वार्षिक साधारणसभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा  आगामी चैत १५ गते शुक्रबार बिहान ११ बजेदेखि शुरू हुनेछ।

सभामा चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारितका लागि पेश गरिनेछ। साथै ऋण सुविधा लिने र प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा पीडितको लागि जम्मा गरेको राहत रकम अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत १ देखि १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले फागुन २८ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *