७ महिनामा साढे ११ करोड स्यानिटरी प्याड आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१-८२ को ७ महिना अवधिमा ११ करोड ४५ लाख वटा स्यानिटरी प्याड आयात भएको छ ।

भन्सार विभागका अनुसार उक्त परिमाण बराबर प्याड आयात गर्दा ८० करोड ८१ लाख रुपैयाँ बिदेसिएको छ । सरकारले यस अवधिमा स्यानिटरी प्याडबाट मात्र १५ करोड २२ लाख रुपैयाँ बराबर राजस्व उठाएको छ ।

यस अवधिमा डाइपर आयातमा भने १ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ बिदेसिएको छ । ७ महिनामा ९ करोड ५४ लाख ७२ हजार वटा डाइपर आयात भएको तथ्यांक छ ।

चालु आव ७ महिनामा नेपालले कुल ९ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । जसमार्फत सरकारले २ खर्ब ६२ अर्ब ९५ करोड बराबर राजस्व उठाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *