ग्लोबल आइएमई बैंकले ३ लाख २७ हजार ८२३ कित्ता संस्थापक शेयर विक्री गर्दै

ग्लोबल आइएमई बैंकको ३ लाख २७ हजार ८२३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्रीमा आएको छ । कम्पनीले गत माघ २१ गतेदेखि विद्यमान संस्थापकमा विक्रीको आह्वान गरेको उक्त शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गर्ने भएको छ ।

बैंकले विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकतामा राखी उक्त शेयर विक्री खुला गरेको थियो ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएकाले यस शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गर्न लागेको बैंकले जनाएको छ ।

बैंकले शेयर खरीद गर्न इच्छुकहरुले आगामी ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिन आग्रह गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *