बलेफी हाइड्रोपावरको लिलामी सेयरमा आवेदन खुल्यो

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको सेयर लिलामी बिक्रीमा आएको छ । कुल १७ लाख ९८ हजार ६५६ कित्ता सेयर लिलामी बिक्रीमा आएको हो ।

जसमध्ये ६ लाख ७६ हजार १९१ कित्ता संस्थापक समूहको छ । त्यस्तै सर्वसाधारण समूहको ५ लाख ८ हजार ८९२ कित्ता सेयर पनि लिलामी बिक्रीमा आएको छ । यो सेयर चैत २९ सम्म लकइनमा छ ।

लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता सर्वसाधारण समूहको सेयर लिलामी बिक्रीमा छ । यी सेयर खरिद गर्न इच्छुकले सोमबारदेखि फागुन १९ सम्म शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् ।

एनआईएमबी एस क्यापिटल लाजिम्पाट तथा सो क्यापिटलका शाखा कार्यालयहरु पोखरा, बुटवल, वीरगन्ज र बिराटनगरबाट आवेदन दिन सक्नेछन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *