उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको भेटघाटमा अस्पतालले लगायो पूर्ण रोक

काठमाडौं । जलनपछि कीर्तिपुर अस्पतालमा उपचाररत अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको भेटघाटमा अस्पतालले रोक लगाएको छ ।

अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै अर्को सूचना नआएसम्म भेटघाट पूर्ण रूपमा बन्द गरिएको जानकारी गराएको छ । ‘‘हाललाई अवस्था सामान्य भए तापनि संक्रमण हुने भएकाले हाललाई भेटघाट पूर्ण रूपमा बन्द गरिएको छ,’’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरूको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । आज घाउको ड्रेसिङ गरिने अस्पतालले जनाएको छ ।

पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा हाइड्रोजन बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य शनिबार घाइते भएका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *