गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ६६ हजार ४४.५२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हाे । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुकले यसमा आज (माघ २२ गते) बाट ३५ दिन भित्र यस विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।

सो अवधिसम्म संस्थापकहरुबाट सेयर खरिद गर्न कुनै आवेदन नआए अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *