प्रि ओपन सेसनमा नेप्से सूचक ३.५७ अंकले बढ्यो

काठमाडाैं।  प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेर बन्द भएको छ। सेसनमा ३.५७ अंक बढेर २७३३.५७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.३२ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ७१ स्टकको १११ पटकको कारोबारमा ५२ लाख ७५ हजार ७५ रुपैयाँ ३० पैसाबराबरको ७ हजार ३०५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४० स्टकको मूल्य बढेको छ भने २५ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *