अब काठमाडौं परिसरमा दुई जना एसपी

काठमाडाैं। जिल्ला प्रहरी परिसर काठमाडौंमा दुई जना प्रहरी उपरीक्षक (एसपी) रहने भएको छ।

सोमबार प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी)बाट एसपीमा बढुवा भएका ३७ जनालाई पदस्थापन गरेको छ। पदस्थापन गर्दा पहिलो नम्बरमा बढुवा भएका एसपी कुलदिप चन्दलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा खटाइएको हो।

यसअघि नै परिसरमा एसपी अपिलराज बोहरा कार्यरत छन्।प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले पनि परिसरमा दुई जना एसपीलाई खटाइएको बताए।‘कामको चापलाई मध्यनजरमा राखेर परिसरमा दुई जनालाई खटाइएको हो,’ उनले भने।

यसअघि पनि परिसरमा दुई जना एसपी राख्ने कुरा चलेपनि कार्यान्वयन भने भएको थिएन।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *