निर्माण उद्योगको समस्याबारे कांग्रेस सभापति देउवालाई ब्रिफिङ

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी निर्माण उद्योगका समसामयिक समस्याहरू समेटिएको १४ बुँदे ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले सभापति देउवा समक्ष निर्माण सम्पन्न भएका परियोजनाहरूको समेत भुक्तानी नपाउँदा निर्माण व्यवसायीहरू चर्को आर्थिक मारमा परेको, सिमेन्ट रड लगायतका निर्माण सामाग्रीहरुमा कालोबजारी गर्दै चर्को मूल्य वृद्धि गरिएको लगायतका समस्याबारे जानकारी गराएको थियो ।

सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानूनी जटिलता, राष्ट्र बैंकबाट निर्माण व्यवसायीहरूलाई ऋणमा दिइएको सुविधा कटौती, विभिन्न कारणले रुग्ण रहेको आयोजनाहरूको खारेजी, विगतका सहमतिको अक्षरस कार्यान्वयन, पूर्वाधारमैत्री ऐन कानून, लो बिडको निरुत्साहन, निर्माण सामाग्रीको सहज उपलब्धता, महालेखा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका नियमनकारी निकायको ज्यादती, इन्सुरेन्सको समस्या निर्माण आयोग गठनलगायतका विषयमा पनि सभापति देउवाको ध्यानाकर्षण गराइएको महासंघका नीतिगत उपमहा सचिव एवं प्रवक्ता शिवहरि घिमिरेले जानकारी दिए ।

जवाफमा सभापति देउवाले निर्माण उद्योगीका जायज माग पूरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *