काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल वायुसेवाको विमान सञ्चालन र व्यवस्थापनामा कमजोरी रहेकै कारण घाटामा गएको बताए । प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
उनले नेपाल एयरलाइन्सलाई नसुधारेर विश्राम लिँदैनौं भन्ने सन्देश दिन आवश्यक रहेकाले त्यसका लागि समिति लगायत सरोकारवाला निकायले ध्यान दिनु पर्ने समेत बताए ।
मन्त्री पाण्डेले पहाडी इकालाका एयरपोर्टहरूमा समेत नियमित विमान सञ्चालन र ठूला विमान समेत उडान हुनुपर्ने बताए ।
Artha Sanjal






