काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको घटनापछि नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनी समेत ६ संस्थाको तरलता अवस्थाबारे विश्लेषण सुरु गरेको छ ।
नेपाल राष्ट्र बैंकले यही साता वाणिज्य बैंकहरूलाई पत्र काट्दै ती ६ संस्थाले वाणिज्य बैंकहरूमा निक्षेप राखेको छ कि छैन भन्दै सूचना माग गरेको हो ।
राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकको तरलता अवस्था विश्लेषण गर्न सुरु गरेको हो ।
यता फाइनान्सतर्फ भने राष्ट्र बैंकले पोखरा फाइनान्स र जानकी फाइनान्सको तरलता अवस्था विश्लेषण गर्न सुरु गरेको छ । विकास बैंक र फाइनान्समा तरलता अवस्थाको विवरण राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग माग गरेको स्रोतले बताएको छ ।
Artha Sanjal
अर्थ सन्जाल