त्रिभुवन विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको सुनसहित प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा झापा कनकाई नगरपालिका-११ घर भएकी ३६ वर्षीया पुष्पा माले र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-१ घर भएकी ३२ वर्षीया फुर्पा लामु तामाङ रहेका छन् ।

उनीहरूको साथबाट करिब १४९.११ ग्राम सुन फेला पारेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय सिनामंगल पठाइएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *