मुक्तिनाथ विकास बैंकद्वारा विद्यालयलाई दुई लाख आर्थिक सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छ।  सोही योजनाअनुसार बैंकले झापाको बिर्तामोडस्थित राउन्ड टेबल नेपाल प्रोजेकटलाई चमरधाप प्राथमिक विद्यालयको भौतिक प्रर्वाधार निर्माण गर्नका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले बिर्तामोडस्थित राउन्ड टेबल नेपाललाई एक कार्यक्रमबीच २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

कार्यक्रममा बैंकका तर्फबाट प्रदेश नं १ का प्रमुख मनोज विष्ट, बिर्तामोड शाखाका प्रबन्धक हरि ओझा र अन्य कर्मचारी तथा राउन्ड टेबलका तर्फबाट अध्यक्ष सुनिल जैसवाल तथा अन्य आधिकारिक सदस्यहरुको उपस्थिति थियो।

यस सहयोगबाट उक्त विद्यालयका विद्यार्थीलाई पढ्नका लागि राम्रो वातावरण बन्ने धारणा बैंकले लिएको छ। मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्थकमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागि  ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *