२७ वाणिज्य बैंकका सीईओहरूसँग ‘आकस्मिक छलफल’ मा राष्ट्र बैंक

नेपाल राष्ट्रबैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरुलाई ‘आकस्मिक छलफल’का लागि बोलाएको छ ।
राष्ट्र बैंकले छलफलको एजेण्डा थाहा नदिई सबै सीईओहरुलाई छलफल गर्न राष्ट्र बैंकको मुख्यालय बालुवाटरमा बोलाएको हो।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभाव रहेको छ। साथमा कर्जा र निक्षेपको अनुपात अर्थात् सीडी रेसियो तोकिएको सीमाभन्दा माथि पुगेको छ। छलफलका लागि बोलावट भएपछि कतिपय सीइओहरु नेपाल राष्ट्रबैंक पुगिसकेका छन् । कतिपय पुग्ने क्रममा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *