नकआउट फुटबलको उपाधि आरआर एफसीलाई

हेटौंडामा आयाेजित खुल्ला नकआउट ७ ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि आरआर एफसीले जितेको छ ।

नेपाल राष्ट्रिय खेलकुद महासंघ, मकवानपुर र भुटनदेवी युवा क्लवको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा हर्नामाडी कमलदेवी युवा क्लबलाई टाइब्रेकरमा ३-२ गोलअन्तरले पराजित गर्दै आरआर एफसीले उपाधि जितेको हो ।

निर्धारित समयको खेल गोलरहित सकिएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । आरआरएफसीले उपाधिसँगै नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।

उपविजेता हर्नामाडीले नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । खेलमा म्यान अफ द म्याच र प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आरआरएफसीका गोपि बर्तौला घोषित भए । हेटौंडा-४ हुप्राचौरको खेल मैदानमा भएको प्रतियोगितामा २४ वटा टिमको सहभागिता रहेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *