काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०।८१ काे मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। मंसिर ७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.७३६८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १४ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७३६८ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
Artha Sanjal






