मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडाैं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ । ७ मंसिर सोमबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको १०.००८३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ९.५०७९ प्रतिशत बोनस सेयर रहेको छ भने ०.५००४ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *