बढ्याे सुनचाँदी मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत हप्ताको शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लो हप्तादेखि सुनको मूल्य निरन्तर बढीरहेकाे छ । आज सुनको मूल्य निरन्तर छैठाैँ दिन बढेको हो ।

यस दिन चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर एक हजार ९६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार चाँदी प्रतीतोला एक हजार ९४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *