उद्यमशीलता र स्वरोजगार प्रवर्द्धनमा अर्थसंजालकाे भूमिका उल्लेखनीय छ: गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थसञ्जाल डटकमको आठौं वर्ष प्रवेशको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

उनले “आठौं वार्षिकोत्सव आर्थिक विशेषाङ्ग” स्मारिकाकाे सराहना गर्दै, यसले आर्थिक विकास, उद्यमशीलता र स्वरोजगार प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

उनले आर्थिक विकासबाट मात्र सामाजिक क्षेत्रमा परिवर्तनको अनुभूति हुने भन्दै नेपाल पनि आर्थिक विकासको दिशा निर्धारण गर्दै अधि बढिरहेकोले आर्थिक विशेषाङ्गमा छापिने सम्बन्धित क्षेत्रका विद्वानहरूकाे विचारसहितको लेख रचनाले यस दिशामा सहयोग पुऱ्याउने गभर्नर अधिकारीकाे विश्वास  छ ।

गभर्नर अधिकारीले आर्थिक विषयमा आधारित यस्ता प्रयासहरूले नीति निर्माणमा सकारात्मक भूमिका खेल्ने उल्लेख गरेका छन्।

नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले शुभकामना

अर्थसञ्जाल मिडिया प्रा.लि.ले सञ्चालन गरेको अर्थसञ्जाल डटकम सातौं वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेकोमा हार्दिक शुभकामना व्यक्त गर्दछु। साथै, यस अवसरमा रचनात्मक कार्यका रूपमा “आठौं वार्षिकोत्सव आर्थिक विशेषाङ्ग” नामक स्मारिका प्रकाशन गर्न लागेकोमा मलाई खुसी लागेको छ।

आर्थिक विकासबाट मात्र सामाजिक क्षेत्रमा परिवर्तनको अनुभूति हुने र जनसाधारणको जीवनस्तर अभिवृद्धि हुने गर्दछ । नेपाल पनि आर्थिक विकासको दिशा निर्धारण गर्दै अधि बढिरहेकोले आर्थिक विशेषाइमा छापिने सम्बन्धित क्षेत्रका विद्वान्हरूको विचारसहितको लेख रचनाले यस दिशामा सहयोग पुऱ्याउने आशा गर्न सकिन्छ । उद्यमशीलता, स्वरोजगारी सिर्जना, उत्पादन र उत्पादकत्व अभिवृद्धिमार्फत समृद्धिको दिशामा अघि बढ्नु नेपाली अर्थतन्त्रको अहिलेको आवश्यकता हो। यस पृष्ठभूमिमा मुलुकमा उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्धि गर्न -प्रेरित गरी सोही अनुसारको वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता हो ।

यसमा प्रकाशित सामग्रीबाट नेपाली अर्थतन्त्रका विविध पक्षका बारेमा पाठकको ज्ञानको दायरा अभिवृद्धि हुने मैले विश्वास लिएको छु। यस प्रकार मुलुकले परिलक्षित गरेका विषयलाई पाठकहरूमाझ ल्याई नीति निर्माण एवम् कार्यान्वयनका लागि राय सुझाव दिने दिशामा स्मारिका प्रकाशन उपयोगी र प्रभावकारी हुने अपेक्षाका साथ प्रकाशनको पूर्ण सफलताको कामना गर्दछु ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *