सीआईबीको टोली रास्वपा कार्यालयमा

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोली रास्वपा पार्टी कार्यालय पुगेको छ । सीआईबीका एसपी होबिन्द्र बोगटीसहितको सीआईबी टोली रास्वपा पुगेको हो ।

रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएलगत्तै प्रहरी उनलाई पक्राउ गर्न पुगेको हो । रवि अहिले पार्टी कार्यालयमा छन् । उनी सम्बोधन गर्ने तयारी गरिरहेका छन् ।

कास्की प्रहरीले जिल्ला अदालतबाट रविलाई पक्राउ गर्न अनुमति पाएलगत्तै देशभरका ठुला अपराधको अनुसन्धान गर्ने प्रहरीको युनिट सीआईबी सक्रिय बनेको हो ।

लामिछानेमाथी सहकारीको रकम अपचलन गरेको आरोप छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *