काठमाडौं । एनसेलले बाढी र पहिरोबाट प्रभावित क्षेत्रका ग्राहकका लागि निःशुल्क डेटा उपलब्ध गराएको छ ।
विपद्को समयमा ग्राहकका आफन्तजनसँग सम्पर्कमा रही रहनका लागि शनिबार निःशुल्क डेटा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
निःशुल्क डेटाका साथै हालको अवस्थाको मूल्यांकन गरिरहेको र क्षतिको विस्तृत जानकारी प्राप्त गरेपछि राहतका कार्यमा थप योगदान गर्ने कम्पनीको भनाइ छ ।
Artha Sanjal






