सेयर बजारमा २२.३६ अंकको गिरावट हुँदा ४ अर्ब ५ करोड माथिको कारोबार

काठमाडौं। आज साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकले घटेको छ । आज सेयर बजार नेप्से परिसूचक २२.३६ अंकले घटेर २,४६४ को विन्दुमा कायम भएको छ । आज ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९३ कम्पनीको सेयर मूल्य घटेको छ । यो दिन ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज ३२७ कम्पनीको १ करोड ३ लाख ११ हजार ८८५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सीएचडीसीको १५ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावरको १३ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.५५ प्रतिशतका दरले कमाएका छन् । कुमारी सबल योजनाका इकाईधनीले ६.४९ प्रतिशतका दरले कमाएका छन् । इङवा हाइड्रोका लगानीकर्ताले ५.४६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै अपर स्याङ्गे हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।

आज उच्च किनबेच गर्ने कम्पनीहरु यस्ता छन्

एनएलजी इन्स्योरेन्स १५ करोड ९२ लाख रुपैयाँ,सीईडीबी हाइड्रोपावर १५ करोड ५ लाख रुपैयाँ,अपी पावर १३ करोड ७० लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स १२ करोड ८४ लाख रुपैयाँ,शिवम सिमेन्ट ८ करोड ५८ लाख रुपैयाँ,ङादी ग्रुप पावर ७ करोड ४८ लाख रुपैयाँ,नेपाल फाइनान्स ७ करोड ३० लाख रुपैयाँ,अपर तामाकोशी ७ करोड १३ लाख रुपैयाँ,रुरु जलविद्युतः ७ करोड १ लाख रुपैयाँ,सर्वोत्तम सिमेन्ट ६ करोड ५४ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *