स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्न निर्वाचन आयोगको सुझाव

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्न सरकारलाई परामर्श दिएको छ ।

आइतबार प्रमुख आयुक्त दिनेश थपलियासहित निर्वाचन आयोगको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई भेटेर निर्वाचनको मितिबारे छलफल भएको थियो ।

हाल स्थानीय तहमा ३ प्रमुखसहित ३९ जनप्रतिनिधिको पद रिक्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *