ग्लोबल मनी विक : रुपन्देहीमा राष्ट्र बैंकको वित्तीय सचेतना कार्यक्रम

वित्तीय सचेतना र युवा उद्यमशीलता लक्षित विश्वब्यापी ग्लोबल मनी विक कार्यक्रमको दसौँ शृंखला नेपाल राष्ट्र बैंकले रुपन्देहीमा विभिन्न कार्यक्रम गरी मनाएको छ।

राष्ट्र बैंकको सिद्धार्थनगर कार्यालयले पनि विभिन्न कार्यक्रम आयोजना गरी तथा सहभागिता भई ग्लोबल मनी विक भव्य रुपमा मनाएइको छ। सोअन्तर्गत कार्यालयले नवलपरासी जिल्लाको ग्रामीण क्षेत्रमा पर्ने प्रतापपुर गाउँपालिका बेलाटारीमा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा विद्यालयका र नजिकै रहेको त्रिभुवन क्याम्पसका विद्यार्थीहरु साथै साना तथा लघु उद्यमी, वैदेशिक रोजगारीमा संलग्न युवा, शिक्षक–शिक्षिका, दैनिक ज्यालादारी समूहका व्यक्ति र सो क्षेत्रका बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखको सहभागिता थियो।
प्रतापपुर गांउँपालिका अध्यक्ष अन्जुकुमारी चौधरीको प्रमुख अतिथिको उपस्थित कार्यक्रममा राष्ट्र बैंकको सिद्धार्थनगर कार्यालयकी निर्देशक रन्जना पौडेलले वित्तीय सचेतना सम्बन्धमा वार्ता प्रस्तुत गरेकी थिइन्।
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *