कुमारी बैंकले मोबाइल बैकिङ एपमार्फत बिना धितो २ लाखसम्मको कर्जा दिने

काठमाडाैं । कुमारी बैंकले क्यूआर कारोबारकै धितोमा कर्जा प्रदान गर्ने भएको छ । बैंकले देशका हरेक भागमा रहेका उद्यमशिलता प्रर्वद्धनका लागि ‘देशैभरी बर्षै भरी“उद्यमी केन्द्रित वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेकोमा साना उद्यमीहरुलाई वित्तिय सबलता प्रदान गर्ने हेतुले क्युआर कारोबारकै धितोमा क्यूआर मर्चेन्ट फोन लोन सुविधा सञ्चालन गरिहेको छ ।

यस योजना अन्र्तगत उद्यमीहरुले आफ्ना नजिक रहेका कुमारी बैंकका शाखाहरुमा आफ्ना ब्यावसायको खाता खोली क्युआर मार्फत प्रतिहप्ता कम्तिमा २ व्यावसायिक कारोबारहरु लगातार ४ हप्ता भई मासिक कम्तिमा १० हजार रुपैयाँबराबरको कारोबार उक्त बैंक खातामा हुँदा उद्यमीहरुले दुई लाखसम्मको कर्जा कुनै पनि कागजात वा धितो बिना नै कुमारी बैंकको मोबाइल बैकिङ एप प्रयोग गरि सहजै लिन सक्ने छन् ।

यसरी लिएको कर्जाको भुक्तानीको तरिका समेत उक्त एप मार्फत नै गर्न सकिने भएकोले व्यावसायिहरु कर्जा लिन तथा तिर्नका लागि बैंक जानु पर्ने छैन् । यस सुविधाबाट साना उद्यमीहरु सहजै औपचारिक वित्तिय संयन्त्रमा आर्कषित हुने तथाउनिहरुको उद्यमशिलता प्रर्वद्धनमा केहि टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *