लोकगायक एवं संस्कृति विद् उपाध्याय सम्मानित

काठमाडौं । वरिष्ठ लोकगायक एवं संस्कृति विद् यज्ञराज उपाध्याय चितवन साहित्य परिषद्को ‘चिसाप राजकृष्ण-मायादेवी साहित्य पुरस्कार-२०८०’बाट सम्मानित भएका छन्।

लामो समयदेखि नेपाली, भाषा, साहित्य र संस्कृतिको विविध पक्षमा योगदान पुर्‍याएको भन्दै परिषद्ले उनलाई सम्मान गरिएको जनाएको छ।

उपाध्यायलाई काली-कर्णालीको लोकजीवन, लाोकसाहित्य, लोककथा, लोकगीत, लोकमन्त्र, चाडपर्व, लोकबाजा, लोकनृत्य र लोकवार्ता समेटेर वृहत् ‘काली-कर्णालीको लोकसाहित्य तथा संस्कृति’ कृतिका लागि ३५ हजार ४५ रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको परिषद् अध्यक्ष केदारनाथ खनालले जनाए।

उपाध्यायलाई कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. नारायणप्रसाद खनालले सम्मान प्रदान गरेका थिए।

उपाध्यायको ९८४ पृष्ठको पुस्तकमा काली–कर्णाली क्षेत्रका लोकसाहित्यका सबै विधागत विषय समेटिएका छन्।

उपाध्याय राईझुमा जस्तो लोकप्रिय लोकदेउडा गीतका गायक पनि हुन्। भव्य समारोहबीच परिषद्ले सम्मानित गरेकोमा उनले खुसी व्यक्त गरे। यसले आफूलाई थप जिम्मेवार र गौरवान्वित तुल्याएको उपाध्यायले बताए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *