नेपाली युवा उद्यमी मञ्चको २ दिने कार्यक्रम सम्पन्न

काठमाडाैं । नेपाली युवा उद्यमी मञ्चलेआफ्नो २ दिने कार्यक्रम सम्पन्न गरेको छ । ७औं राष्ट्रिय नेतृत्व सम्मेलन भदौ १४ र १५ गते आयोजना भएको थियो ।

कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले टाइगर प्यालेसमा गरेका थिए ।

कार्यक्रममा सांसद वासुदेव घिमिरे, सांसद तुलसी चौधरी, तिलोत्तमाका मेयर रामकृष्ण खांड, एफएनसीसीआई सदस्यहरू, लुम्बिनी प्रदेश एफएनसीसीआई अध्यक्ष तथा विभिन्न संघसंस्थाका अध्यक्ष, सरकारी अधिकारी, कर्पोरेट तथा प्रतिष्ठित उद्योगी तथा रुपन्देहीका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

नेपाली युवा उद्यमी मञ्च रुपन्देही शाखाका अध्यक्ष ऋषव ओझाको अध्यक्षता र विशिष्ट अतिथि र नेपाली युवा उद्यमी मञ्चका राष्ट्रिय अध्यक्ष कुशल सुन्दर श्रेष्ठको उपस्थितिमा कार्यक्रम सम्पन्न भभएको थियो ।

कार्यक्रममा पोखरा च्याप्टरलाई सबैभन्दा बढी सहभागी भएको र काठमाण्डौ च्याप्टरका सन्दीप शर्मालाई पहिलो दर्ता गर्ने व्यक्तिको रुपमा सम्मान गरिएको थियो।

कार्यक्रममा देशभरका १४ वटा शाखाका १२० कार्यकारी समिति सदस्यहरूले भाग लिएका थिए।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *