काठमाडाैं । गोल्छा सङ्गठन अन्तर्गत साङ्ग्रिला मोटर्स प्राइभेट लिमिटेड नेपालमा लिपमोटरको अधिकृत बिक्रेता चयन भएको छ ।
सिट्रोन र प्यूजोका लागि बिक्रेताको रूपमा स्थापित साङ्ग्रिला मोटर्सले अब लिपमोटरको लक्जरी विद्युतीय सवारी नेपाली बजारमा ल्याउने तयारी गरेको छ।
कम्पनीका अनुसार लिपमोटर, स्टेलान्टिस अम्ब्रेला अन्तर्गत एक प्रतिष्ठित ब्रान्ड हो जसले प्यूजो, सिट्रोन, जीप, र फिएटको पनि स्वामित्व राख्छ र २०२४ सम्म बिक्रीको आधारमा चौथो सबैभन्दा ठूलो चिनियाँ नयाँ ऊर्जा वाहन स्टार्टअपको रूपमा रहेको छ ।
यसैबीच लिपमोटर C10 आगामी नाडा अटो शोमा डेब्यू हुने भएको छ। यसबारे विवरण चाँडै जानकारी गराइने कम्नपनीले जनाएको छ ।







