साविक प्रभु लाइफको नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । साविक प्रभु लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक भएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७९/८० को आर्थिक लेखाजोखा तथा दायित्वको मूल्याङ्कन तथा बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले गत असार २३ गते स्वीकृत गरेको थियो । कम्पनीले २०८० असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने जीवन बीमालेखहरूमा आव २०७९/८० का लागि नयाँ बोनसदर कायम गरेको हो ।

कम्पनीले सावधिक जीवन बीमा योजनामा बीमा अवधिअनुसार न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ प्रतिहजारका दरले बोनस दिने निर्णय गरेको छ । सावधिक तथा आजीवन जीवन बीमा योजनामा बीमितले बीमा अवधिअनुसार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *