नबिल फाउन्डेसनले मानव सेवा आश्रमलाई दियो दुईवटा उद्धार गाडी

काठमाडौं । नबिल फाउन्डेसनले मानव सेवा आश्रमलाई दुईवटा उद्धार गाडी दिएको छ ।

असहायहरूको उद्धार र व्यवस्थापनमा काम गरिरहेको मानव सेवा आश्रमलाई फाउन्डेसनले मंगलबार उक्त उद्धार गाडी हस्तान्तरण गरेको हो।

फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरी भन्छन् – ‘मानव सेवा आश्रमलाई दुईवटा उद्धार गाडी दान गर्न पाउँदा हामी अत्यन्त खुसी छौं । नबिल फाउन्डेसन समाजको सेवा गर्न प्रतिबद्ध छ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *