


काठमाडौं । जीएसी ग्रुपले होण्डापछि अब टोयोटासँग साझेदारी गर्ने भएको छ । जीएसीले लगभग तीन दशकको अवधिमा उल्लेखनीय संयुक्त उद्यमहरूको साथमा अक्सिलो विकास गरेको छ ।
१९९९ मा होण्डासँग र २००४ देखि टोयोटा जस्ता विश्व प्रसिद्ध ब्रान्डहरुको प्रारम्भिक साझेदारीदेखि नै, उत्कृष्ट आर एण्ड डी र निर्माण क्षमताहरू कार्यान्वयन गर्ने मिशनका साथ अन्तर्राष्ट्रिय उद्यमहरू विस्तार गरेको थियो ।
यस साझेदारीलाई अझै विश्व माज प्रगाड बनाउँदै जीएसी मोटर्सले टोयोटा ब्रान्डका लागि सेल्फ ड्राइभिङ्ग प्रणालीसहितको पहिलो इभी आउँदो वर्ष चिनियाँ मर्केट्मा प्रस्तुत गर्ने योजना रहेको कम्पनीले बताएको छ ।
यी साझेदारीहरूले बहुराष्ट्रिय निर्माताहरूको स्रोत र प्रविधिको उत्तम प्रयोग सुनिश्चित गर्दछन् । जसको परिणाम स्वरूप प्रिमियम गुणस्तरका उत्पादनहरूको डेलिभरी हुने पनि कम्पनीले दाबी गरेको छ ।

अर्थ सन्जाल