राकुराले ल्यायो नयाँ टी–ब्याग

काठमाडौं । राकुराले आफ्नो ५ दशकभन्दा बढीको अनुभवमा आधारित नेक्स्ट जेनरेसन चिया उत्पादनहरू लन्च गरेको छ । जसले नेपालको चिया उद्योगमा नयाँ मापदण्ड स्थापित गर्नुका साथै विश्वमा नेपाली चियालाई नयाँ उचाई दिने कम्पनीको विश्वास छ ।

राकुराले ‘म्याजिक नट’ टी-ब्याग सार्वजनिक गरेको हो । जुन विश्वकै पहिलोमध्ये एक अत्याधुनिक ‘ट्यान्डेम एयर-नटेड’ प्रविधि प्रयोग गरेर बनाइएको कम्पनीको भनाइ छ । यो नयाँ गैर-ताप सिल (नन् हिट सिल) गरिएको, दुई खण्ड भएको चियाको थैलीको डिजाइनले विश्वकै पहिलोमध्ये एक र नेपालको एकमात्र पूर्ण प्लास्टिक र ग्लु मुक्त टि-ब्याग हुने कम्पनीको भनाइ छ ।

राकुराले पछिल्लो जुस रड्स प्रविधिको विकासका साथ आफ्नो सबै चियाहरुलाई विश्वकै पहिलोमध्ये एक पूर्ण प्राकृतिक तथा प्रमाणित जैविक, चिया इन्फ्युजनहरू मात्र हुने पनि बताएको छ । कम्पनीले २१ नयाँ प्रकारका चियाहरू पनि उत्पादन गरेको छ साथै आफ्नो मौजुदा चियाहरू र मिश्रणहरूमा पनि सुधार गरेको छ ।

राकुरा नेक्स्ट जेनेरेशन चियाको थैलीहरू क्लासिक, प्रिमियम, प्राकृतिक चिया र जडीबुटी इन्फ्युजन्स साथै सेलेक्सन श्रेणीहरूमा उपलब्ध हुनेछ । जसको मूल्य भेरियन्टको आधारमा प्रति प्याकेट रु. १७९ देखि रु. २७९ सम्म हुने जनाइएको छ । यी चियाहरू आउँदो हप्तादेखि काठमाडौंका सबै प्रमुख पसलहरू, मार्टहरू र सुपरमार्केटहरूमा खरिदको लागि उपलब्ध हुने जानकारी गराइएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *