बाढीपहिरो र डुबानमा परेकाको उद्धारमा खटिन मातहतका समितिलाई तरूण अध्यक्ष गुरुङको अपिल

काठमाडौं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले बाढी पहिरो र डुबानमा परेकाको उद्धार र राहतमा खटिन मातहतका समितिलाई निर्देशन दिएका छन् ।

बाढी पहिरो र डुवानको कारण भएको जनधनको क्षति भएकोप्रति चिन्ता व्यक्त गर्दै उनले उद्धार र राहतमा खटिन मातहतका समितिलाई निर्देशन दिएका हुन् ।

एक विज्ञप्ती जारी गर्दै अध्यक्ष गुरुङले प्राकृतिक प्रकोपबाट उत्पन्न विपत्तिको स्थानीय निकाय र प्रहरी प्रशासनसँँग समन्वय गरी नागरिकको उद्धार र सुरक्षित व्यवस्थापनमा खटिन कृयाशिल भएर लाग्न दलको केन्द्रीय सदस्यहरु, जिल्ला कार्यसमिति र मातहतको समितिमा रहने सम्पुर्ण तरुणहरुलाई अपिल गरे ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *