चिरख्वा हाइड्रोपावरको साधारण सभा आज, शेयरधनीको हात रित्तै

काठमाडौं । चिरख्वा हाइड्रोपावरको वार्षिक साधारण सभा आज असार २३ गते बस्दै छ । सभा, क्वालिटी ब्यांकेट, बुद्धनगर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
साधारण सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । तर सभामा  शेयरधनीलाई दिने लाभांश सम्बन्धी कुनै प्रस्ताव छैन ।

त्यसैगरी सभामा  सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने २ जना सञ्चालको निर्वाचन हुनेछ ।  साधारण सभा प्रयोजनका लागि यसले असार १२ गते बुक क्लोज गरिसकेले असार ११ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *