एमाले संसदीय दलको बैठक बस्दै, सत्ता साझेदारी गर्ने सम्बन्धमा छलफल हुने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक बिहान १० बजे संसद् भवनमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

नेपाली काँग्रेस र नेकपा एमालेबिच हालै सत्ता साझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरूप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको उनले बताए ।

प्रतिनिधि सभा बैठक पनि आज बस्दै छ । सो बैठकमा पार्टीको आसन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिन लागेको विश्वासको मतका सन्दर्भमा पनि बैठकमा छलफल हुने छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *