अर्थ मन्त्रालयद्वारा दीर्घ रोगी बिरामीका लागि ३५ करोड निकासा

काठमाडौं । अर्थ मन्त्रालयले दीर्घ रोगीहरुका लागि औषधि उपचार खर्च बापत ३५ करोड  २६ लाख १९ हजार रुपैयाँ निकासा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराइ रहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीका लागि उक्त रकम निकासा गर्नेसम्बन्धी फाइल स्वीकृत गरेका हुन् ।
उपचार खर्चसम्बन्धी कार्यविधि २०७८ अनुसार ती बिरामीले मासिक ५ हजार पाउँदै आएका छन् । स्वास्थ्य मन्त्रालयमार्फत देशभरका विभिन्न स्थानीय तहले रकम माग गरेका थिए ।
 चालु आर्थिक वर्ष २०८०-०८१ को बजेटबाट उक्त रकम निकासा गरिएको मन्त्रालयले जनाएको छ । उक्त रकम स्थानीय तहमार्फत बिरामीको बैंक खातामा जम्मा हुनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *