हिमालयन बैंक  र सिटिजन्स क्यापिटलबीच एफपीओ निष्कासन सम्बन्धी सम्झौता

काठमाडाैं । हिमालयन बैंक लिमिटेडले थप सार्वजनिक निष्कासन(एफपीओ)गर्ने भएको छ । बैंकले एफपीओ निष्कासन गर्नका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

आज एक समारोह बीच हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच थप सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तीसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबरा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *