१६ अंकले बढ्यो नेप्से, साढे २ अर्बको सेयर कारोबार

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से १६ दशमलब ०४ अंकले बढेर दुई हजार ६५० दशमलब ७० विन्दुमा रोकिएको हो । सोमबार १७ दशमलब ९९ अंकले बढेर दुई हजार ६३४ दशमलब ५७ विन्दुमा पुगेर बन्द रोकिएको थियो ।

आज २ अर्ब ५२ करोड ८८ लाख बराबरको कारोबार भएको छ । सोमबार २ अर्ब ५९ करोड २७ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका १०६ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने ७७ कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् । यसमध्ये आज एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको । जुन इमर्जिङ नेपाल लिमिटेड रहेको छ । इमर्जिङ नेपालको शेयरमूल्य आज ९।९९ प्रतिशतले बढेर प्रतिकित्ता ६२८.८० रुपैयाँ पुगेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटरको भएको छ । यस कम्पनीको आज १५ करोड ३३ लाख भन्दा बढीको कारोबार भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *