वाणिज्य तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण

काठमाडाैं । नेपाल बीमा प्राधिकरणले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

सोमबार सूचना जारी गर्दै आफूसँग भएको बैंक मौज्दात लगानी नीति अनुसार मुद्दती निक्षेपमा लगानी गर्नका लागि प्राधिकरणले वाणिज्य तथा विकास बैंकहरुलाई सात दिन भित्र पत्र सिलबनदी प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

प्राधिकरणले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा या नोक्सानको कागजात, बैंकको निष्क्रिय सम्पत्ति, कर्जा निक्षेप अनुपात, स्थापना भएको वर्ष र पूँजी पर्याप्तता कोषसहित कागजात लिएर कार्यालयमा सम्पर्क गर्न पनि भनेको छ । प्राधिकरणले लगानी रकम भने उल्लेख गरेको छैन ।

 

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *