विराटनगरमा हिमालयन बैंकको शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले विराटनगर शाखा- २ लाई स्थानान्तरण गरेको छ । हिमालयनले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरुमध्ये विराटनगर शाखा-२ लाई स्थानान्तरण गरेको हो ।

बैंकले रोडशेष चोक, विराटनगर महानगरपालिका वडा नं. १२, मोरङ्गबाट रोडशेष चोक शाखा, विराटनगरको नामबाट सम्पूर्ण बैंक सेवा प्रदान गरी आजदेखि उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकको उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य सङ्गठन मोरङ्गका अध्यक्ष राकेश सुराणा तथा बैङ्कका कोशी प्रदेशका प्रदेश प्रमुख सन्तोष पराजुलीले बैङ्कका अन्य कर्मचारीहरूको उपिस्थतिमा गरेका हुन् ।

हाल बैंकले नेपालभरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटिएम, ६ हजार ५०० भन्दा बढी पिओएस टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकहरूलाई विभिन्न बैँकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *